20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला

spot_img

मोरङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको जिकिर गरिन ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुसरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

एक प्रश्नको जवाफमा उहाँले पार्टीको १४ औं महाअधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारिन् । नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरिन् ।

रासस

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img