14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

गठबन्धन गर्ने विषयमा कांँग्रेस बैठकमा देउवा र कोइरालाबीच सवाल-जवाफ

spot_img

काठमाडौं, आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग गठबन्धन गर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र अर्को समूहका नेता डा. शेखर कोइरालाबीच सवाल-जवाफ भएको छ।

जारी केन्द्रीय कार्य समितिको बैठकमा सोमबार डा कोइरालाले सभापति देउवाको माओवादी मोहले गठबन्धन लाद्नु खोजिएको आरोप लगाए। सभापति देउवाले त्यसको जवाफ फर्काएका हुन्।

देउवाअघि बोलेका डा. कोइरालाले भने, गठबन्धन माथिबाट गर्ने तर, तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छरु हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्‌ने कुरा नगरौं।

उनले गठबन्धनभन्दा पार्टी एकतामा ध्यान दिन सुझाएका थिए। पार्टी एक भए जित सुनिश्चित रहेको उनको भनाइ थियो। सभापति देउवाले एमाले बलियो रहेको बोल्दै हिँडेको भन्दै त्यसले कार्यकर्ताको मनोबल कमजोर बनाएको उनले बताएका थिए।

त्यसपछि बोलेको संस्थापन पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले चुनावी गठबन्धन गर्ने सहमति गठबन्धन सरकार बनाउने बेला नै भएको जानकारी गराए।

कांँग्रेसका एक नेताका अनुसार खाणले बैठकमा भने, सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो। अहिले तोड्न हुँदैन।

सन्तुलित बन्न खोजेका उनले गठबन्धनका नाममा आफ्नो संगठन अलग-थलग पार्न नहुने पनि बताए। कोइरालाले माओवादी मोह बताएपछि आक्रोशित देउवाले आफ्नो आइडोलोजीमा शंका नगर्न आग्रह गरेका थिए।

धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने होइन, अहिलेको अवस्था नि हेर्नु पर्‍यो नि, उनको भनाइ थियो।

- Advertisement -

उनले माओवादीलाई आफूले नभइ स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ल्याएको बताए। शान्ति सम्झौतामा ल्याएर गिरिजाले एउटा पार्टीको हैसियत दिएको उल्लेख गर्दै देउवाले थपे, माओवादीलाई मैले ल्याएको होरु हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो ?

उनले गठबन्धन नहुँदा आफूले नै बालबाल जितेको उल्लेख गर्दै हारेका डा. कोइराला हरुलाई जिताउन गठबन्धन गर्नुपर्ने बताए।

उनले पहिला गठबन्धन नगर्दा कांँग्रेसका धेरै उम्मेदवारहरु हारेको स्मरण गराएका थिए। मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छरु त्यसकारण गठबन्धन गरेर जानु पर्छ। जाऔँ, देउवाको भनाइ थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img