20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

गठबन्धन जोगाउनैपर्ने दबाबमा कांँग्रेस, बार्गेनिङमा माओवादी

spot_img

काठमाडौं, संघ र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई गठबन्धन जोगाउनैपर्ने दबाब सिर्जना भएको छ।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांँग्रेससँग चुनावी तालमेल गरेको माओवादी संघ र प्रदेश निर्वाचनमा एमालेसँग मिल्‍न गएपछि कांँग्रेसलाई ठूलो क्षति भएको थियो।

पाँच वर्षपछि त्यही नियति व्यहोर्नुपर्ने हो कि भन्‍ने भय कांँग्रेसलाई छ। २०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रसहित पाँच दलसँग चुनावी गठबन्धन गरेको कांँग्रेसले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने बताइरहेको छ।

त्यसका लागि सत्ता गठबन्धनले १६५ प्रतिनिधिसभा र २३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डा गर्नका लागि गठन भएको कार्यदलले सिट बाँडफाँट नगरी शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ।

कार्यदलबाट आफूलाई भाग कम पर्ने बुझेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेतृत्वबाट नै सिट भागबण्डा गर्ने बताएका छन्।

कार्यदलले आफूले गरेका छलफलहरुको फेहरिस्तसहितको प्रतिवेदन बिहीबार राति शीर्ष नेतृ्त्वलाई बुझाएको १२ घण्टा नबित्दै प्रचण्डले शीर्ष नेतृत्वबाट नै सिट बाँडफाँट गर्ने बताएका हुन्।

तर, सिट बाँडफाँट थप पेचिलो बन्दै गएको छ। अर्कोतर्फ नेकपा माओवादी केन्द्रलाई ७० सिट दिन तयार रहेको प्रस्ताव माओवादी पठाएको कुरा पनि बाहिरिएको छ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुधबार बुटवलस्थित एक होटलमा आफू निकट केही नेता कार्यकर्तासँगको गोप्य भेटमा अहिलेको गठबन्धन तोड्न सम्भव रहेको भन्दै निराश नहुन आग्रह गरेका थिए।

- Advertisement -

उक्त बैठकमा सहभागी एक नेताका अनुसार नेता पौडेलले माओवादीलाई आफूले ६५ देखि ७० सिटको प्रस्ताव गरेको र कांँग्रेसले त्यति सिट दिन नसक्ने भएपछि गठबन्धन टुटाउन सहज हुने बताएका थिए।

एमाले उपाध्यक्ष विष्णु कार्यकर्तालाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए।

नेकपा माओवादी केन्द्रले पनि कांँग्रेससँगको ुबार्गेनिङ पावरुलाई बढाउनका लागि नेकपा एमालेसँगको तालमेलको कुरा गरिरहेको छ।

उपाध्यक्ष पौडेलले सहभागीलाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए।

नेकपा माओवादी केन्द्रले पनि कांँग्रेससँगको बार्गेनिङ पावरुलाई बढाउनका लागि नेकपा एमालेसँगको तालमेलको कुरा गरिरहेको छ।

माओवादीले भने यता गठबन्धनबाट आफूले ६० सिट पाउनुपर्ने अडान राखिरको छ। त्यसैगरी कांँग्रेसलाई ८० सिट र बाँकी अन्य पार्टीलाई २० सिट दिनुपर्ने माओवादीको अडान रहेको छ।

माओवादीले संघ र प्रदेश निर्वाचनपछि आफूलाई सहजरुपमा नेतृत्व गर्ने वातावरण निर्माण गर्नका लागि बार्गेनिङमा रहेको छ।

यता कांँग्रेसलाई भने गठबन्धन जोगाउनैपर्ने दबाब छ। शुक्रबार चितवन पुगेर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका थिए। उनले भने, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि।’

उनले गठबन्धनको विरोधमा नबोल्न कांँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे। गठबन्धन तोड्नु भनेको कांँग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भने, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? त्यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन।’

त्यसैगरी कांँग्रेस नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले पनि कुनै पनि हालतमा अहिलेको गठबन्धन तोड्न गठबन्धन नतोडिने बताएका छन्।

कांँग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उनको भनाइ छ। कांँग्रेसलाई माओवादीसँग कांँग्रेसले गठबन्धन नगरेर एमालेसँग मिल्‍नसक्ने भय रहेको देखिन्छ।

कांँग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको दाबी गरे।

उनले भने, गठबन्धनकै आडमा हामीले स्थानीय तह निर्वाचनमा राम्रो गर्‍यौं। पहिलो पार्टी बन्यौं। त्यसैले गठबन्धनको क्षमता नबिर्सौं। खोला तरेर लौरो नबिर्सिउँ।

उनले वर्तमान गठबन्धन तोडिँदा एमालेसँग वाम गठबन्धन हुने सम्भावना रहेको आकलनसमेत गरे। यो गठबन्धन बचाउन सकिएन भने अर्को गठबन्धन रोक्न सकिँदैन। त्यसपछि निर्वाचनको आँकलन गर्नुहोला। कति सिट जित्छौं गन्नुहोला, उनले भने।

उनले जसले जे भने पनि कांँग्रेस केन्द्रीय समितिले गठबन्धन नतोड्ने स्पष्ट पारे। हामीले उम्मेदवारी दिँदा कहाँ दिने भनेर बुद्धि पुर्‍याउँ।

तर, गठबन्धन तोडेर हेरौं भन्नुहुन्छ भने कांँग्रेस केन्द्रीय समितिले गठबन्धन तोड्दैन। तरुण दलका साथीहरुलाई म मिसलिड गर्न चाहन्न, उनले भने।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img