13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

गठबन्धन सरकारले देश कंगाल बनायो : अध्यक्ष ओली

spot_img

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको बताएका छन्। देशको आर्थििक अवस्थालाई श्रीलंकाको जस्तो बनाउने काम परमादेश सरकारले गरिरहेको उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताए। बुधबार विराटनगर महानगर कमिटीले पार्टी कार्यालय पाञ्चालीमा आयोवजा गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचन गर्न नचाहने षड्यन्त्रकारीहरूलाई सबैले परास्त गर्नुपर्ने बताए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेले गर्दा वृद्ववृद्वाले भत्ता पाइरहेको दावी गरे। उनले भने, ‘महिनाको एक सयबाट शुरू भएको भत्ता दैनिक एकसय भन्दा बढी भएको छ।’ उनले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, सयौं पुलहरू एमालेले अघि बढाएको बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img