20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

गतनिर्वाचनमा प्राप्त मतका आधारमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

spot_img

पर्वत, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्।

समाजवादी प्रेस संगठनले आज पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे आगामी निर्वाचनले पुष्टि गर्ने उनको भनाइ छ। एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ।

अहिले गठबन्धनमा उम्मेदवार कसरी टुंग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताए।

उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने दाबी गरे।

‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ,’ अध्यक्ष नेपालले भने, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौं, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भएपनि उम्मेदवार तय गरिन्छ।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img