11.4 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

गभर्नर काममा फर्किएसँगै सेयर बजारमा पहिरो

spot_img

काठमाण्डौ । सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। लगातार दुई दिन घटेर मंगलबार बढेको बजार बुधबार पुनः ओरालो लागेको छ। आज नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ को विन्दूमा झरेको छ।

राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.६९ अंकले घटेर ४४१.०८ को विन्दूमा ओर्लेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल अहिले बजार घट्नुमा मुख्य २ कारण रहेको बताउँछन्। ‘बजारमा तरलता संटक हुनु र लगानीकर्तामा आत्मविश्वस कम हुन्’, उनले भने, ‘यिनै २ कारणले बजार दैनिक घटिरहेको छ।’

लम्साल बजार एकदिन बटममा पुगेर अवश्यक फर्किने बताउँछन्। तेस्रो त्रैमासको रिपोर्टहरु सन्तोषजनक छन्’, उनले भने, ‘मेरो व्यक्तिगत विचारमा बजार अब धेरै घट्ने ठाउँ छैन।’

बजारको छिट्टै बाउन्सब्याकको सम्भावना रहेको पनि लम्सालले बताए। ‘स्थानीय निर्वाचनको उम्मेदवार मनोनयनसँगै लगानीकर्ताको मनोबल फर्किन सक्छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने अहिले बजार घट्नुको मुख्य कारण अर्थमन्त्री र गभर्नरबीचको जुँगाको लडाइँ नै रहेको बताउँछन्। यसले अर्थतन्त्र डामाडोल बनेको छ’, उनले भने, जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ।’

हिजो सम्हालिन कोसिस गरेको बजारमा गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गरेको फैसालले आज बजारमा गिरावट आएको न्यौपाने बताउँछन्।

‘अहिलेका गभर्नरलाई सेयर लगानीकर्ताले त्यति रुचाएका छैनन्’, उनले भने, ‘किनकि राष्ट्र बैंकको ४–१२ को क्यापविरुद्ध लगानीकर्ताले आवाज उठाउँदै आएका छन्।’

- Advertisement -

गभर्नरमाथि कारबाहीपछि बजार प्रभावित हुने खालका नीतिहरुमा परिमार्जनको सम्भावना देखेका ठूला लगानीकर्ताहरु गभर्नरको राष्ट्र बैंकमा पुनर्बहालीसँगै झन सशंकित बनेका हुन सक्ने न्यौपाने बताउँछन्। ‘यी कारणले आज बजार पनि घट्न पुगेको हो’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ३.८२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ३.०५ प्रतिशतले घट्दा आज बैंकिङ समूहमा ०.७२ प्रतिशत, व्यापार समूहमा ०.७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२५ प्रतिशत, विकास बैंक समूहमा २.६१ प्रतिशत, जलविद्युत समूहमा २.१२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४८ प्रतिशत, लघुवित्त समूहमा १.५३ प्रतिशत, जीवन समूहमा १.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५ प्रतिशत र लगानी समूहमा १.५१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३५ लाख ७० हजार १४ कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १४ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिद्धार्थ बैंकको ४ करोड २९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड १५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ३३ लाख रुपैयाँ, निफ्राको ३ करोड १८ लाख रुपैयाँ, मेरो मोइक्रोफाइनान्सको संस्थापक सेयर ३ करोड ११ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ५ लाख रुपैयाँ र शिवम सिमेन्टको २ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीका सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img