काठमाडौं । नेपाल विद्यार्थीसंघ नेविसंघ ले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उनीहरूले गभर्नरविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र प्रबेश गर्न खोजेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।