11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

गम्भीर बन्यो नेदरल्याण्ड्स क्रिकेट टोलीका मुख्य प्रशिक्षकको अवस्था

spot_img

एजेन्सी, नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रायन क्याम्पबेलको अवस्था गम्भीर रहेको उनको परिवारले जानकारी दिएका छन्। क्याम्पबेललाई गत हप्ता हृदयघात भएको थियो।

उनलाई बेलायतको रोयल स्टक अस्पतालमा राखिएको छ । क्याम्पबेलको परिवारले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाका पूर्व विकेटकिपरसमेत रहेका क्याम्पबेलको अवस्था सुधार हुन नसकेको जानकारी दिएको हो।

‘रायानलाई गत हप्ता धेरै हृदयघात भएको थियो र बेलायतको रोयल स्टक अस्पतालमा उपचार भइरहेको छ। उहाँ उनी अझै बेहोस हुुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

क्याम्पबेल धेरै दिनदेखि कोमामा थिए। उनका भाइ मार्क क्याम्पबेलका अनुसार बुधबार उनी कोमाबाट बाहिर आएका थिए र सफलतापूर्वक सास फेर्न प्रयास गरेका थिए। यद्यपि, चिकित्सकहरु अझै पनि उनको बारेमा चिन्तित छन्।

क्याम्पबेल सन् २०१७ देखि नेदरल्यान्ड्स टोलीका प्रशिक्षक छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img