14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्नु : अध्यक्ष नेपाल

spot_img

काठमाडौ, गल्तीको समीक्षा गर्दै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।

‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनुपर्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमीकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’

पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्त्रिक आन्दोलनमा प्रतिगमनकारीको शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img