काठमाडौं । डोल्पोको धर्म सस्कृति भेषभुषाको संरक्षण, प्रवद्र्धन तथा बिकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उपल्लो डोल्पाका जनप्रतिनिधि लगाएतले गुरु निमा सम्डुक गुरुङलाई सम्मान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच उपल्लो डोल्पाका तीन गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, डोल्पो समाज लगाएतले गुरु निमा सम्डुक गुरुङलाई सम्मान गरेको हो ।
कार्यक्रममा डोल्पो समाजका संस्थापक अध्यक्ष तथा साम्ये छोईलिङ गुम्वाका संस्थापक लामा गुरु निमा सम्डुक गुरुङको योगदानको स्मरण गरिएको थियो ।
उहाले विगत लामो समयदेखि समग्र डोल्पोको धर्म सस्कृति भेषभुषाको संरक्षण, प्रवद्र्धन तथा बिकासमा उल्लेखिय योगदान पुराउनुभएको सहभागीहरुको भनाई छ ।
त्यस्तै कार्यक्रममा उहाको दिर्घायु तथा सु–स्वास्थ्यको कामनाको लागि लामा गुरुको बिशेष पूजा गरिएको थियो ।