20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

गोकुल बाँस्कोटाको क्षेत्रमा एमालेमा पहिरो, प्रदेश कमिटी सदस्यसहित ३ सय जना कांँग्रेस प्रवेश

spot_img

काभ्रे । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुँमागाईं नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांँग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हुँमागाईंसहितका नेताहरूलाई कांँग्रेसमा स्वागत गरेका छन् ।

कांँग्रेस प्रवेश गरेका हुँमागाईं काभ्रे एमालेको क्षेत्र नम्बर २ का पूर्वअध्यक्ष हुन् । उनीसँगै तात्कालीन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल तथा उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिकाका पूर्ववडा अध्यक्षद्वय निराजन जंगम र दामोदर तिमिल्सिना पनि कांँग्रेसमा प्रवेश गरेका छन् ।

कांँग्रेसले एमालेका ३ सय बढी कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ । उनीहरूमध्ये अधिकांश एमाले नेता गोकुल बाँस्कोटाले प्रतिनिधित्व गर्ने क्षेत्रका रहेका छन् ।

चार दशकदेखि एमालेमा सक्रिय हुँमागाईंले मदन भण्डारीको विचारबाट विचलित भइसकेकाले एमाले त्यागेको बताए । उनले लोकतान्त्रिक चरित्रका कारण आफू एमाले छाडेर कांँग्रेसमा प्रवेश गरेको बताए ।

कार्यक्रममा कांँग्रेस प्रवक्ता महतले पार्टीप्रति आकर्षक बढ्ने क्रममा रहेको बताउँदै नयाँ पुरानो नभनी सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताए ।

प्रवक्ता महतले कांँग्रेसमा आन्तरिक एकता मजबुत हुँदै गएको भन्दै तीनै तहको निर्वाचनमा कांग्रेस जिताउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img