12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_img

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत चैत ८ गतेदेखि ३१ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको छ। कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारण आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेमा यो आईपीओमा १५ लाख ९२ हजार ७६३ आवेदकबाट कुल १ करोड ९५ लाख ३४ हजार ५७० कित्ता माग भएको छ। जुन मागभन्दा ६.७९ गुणा बढी आवेदन हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट २ लाख ८७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यसअघि ग्रीन भेन्चर्सले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता सेयर गत फागुन २९ गते बाँडफाँड गरिसकेको छ। आयोजना प्रभावितका लागि कम्पनीले गत फागुन २ गतेदेखि फागुन २० गतेसम्म आईपीओ बिक्री गरेको थियो।

यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।

- Advertisement -

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img