काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिहान ८ः३० बजे ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम नयाँबानेश्वरस्थित क्यापिटलको कार्यालयमा राखिएको थियो।
यो आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ६ हजार ५१६ आवेदकबाट परेको २ करोड ४२ लाख ७७ हजार कित्तामात्रै सदर भएका छन्। बाँकी ५ हजार १३३ आवेदकबाट परेको ७४ हजार ८८० कित्ता बदर भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा २ लाख ८७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँकी १८ लाख १९ हजार १६ आवेदकको हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट https://laxmicapital.com.np, सीडीएससीको मेरो सेयर र https://iporesult.cdsc.com.np मा सकिनेछ। आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै हेर्न सकिने क्यापिटलले जनाएको छ।