20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आइतबारदेखि सुरु

spot_img

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसले स्थानीय तहको निर्वाचनलक्षित अभियान ‘घरघर जाऔँ, कांँग्रेस जिताऔँ’ आइतबारदेखि सुरु गर्दैछ।

अभियानका लागि कांँग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ। कांँग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो।

७७ वटै जिल्लामा सुरु हुन गइरहेको निर्वाचनलाई लक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिनासम्म चल्ने छ।

अभियानका क्रममा कांँग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ।

एक महिने अभियानका लागि कांँग्रेसले आठ वटा उद्देश्य तय गरेको छ। आठौँ उद्देश्यमा भनिएको छ, ‘करिब करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांँग्रेस नेतृत्वको वर्तमान सरकारले संसदबाट पारित गरेको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।’

यस्तै कांँग्रेसले आफ्नो नेतृत्वमा विगतमा हासिल गरेका राजनीतिक र आर्थिक उपलब्धीहरु पनि जनतासामु विस्तृत राख्ने केन्द्रीय प्रतिनिधिहरूलाई बाँडिएको पत्रमा उल्लेख छ।

अभियानका क्रममा कांँग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा छरिएका भ्रमसमेत चिर्ने बताएको छ। जसका लागि पुस्तिका नै तयार पारिएको छ।

जिल्ला गएका केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुन अघि र सुरु भइसकेपछि अनिवार्य रुपमा सवै स्थानीय तहमा पुग्न कांँग्रेसले निर्देशन दिएको छ।

- Advertisement -

अभियानका क्रममा तात्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ।

‘केन्द्रीय प्रतिनिधिहरू अभियान सुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ,’ केन्द्रीय प्रतिनिधिलाई बाँडिएको पत्रमा भनिएको छ, ‘अभियान सुरु हुन अघि र सुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ।’

अभियानमा खटिएका केन्द्रीय नेताहरुले जिल्लास्थित पालिकासम्म पुगेर कार्यकर्तालाई प्रेरणा, सुझाव र निर्देशन दिँदै जनपरिचालन गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

स्थानीय तह निर्वाचनमा पहिलो दल बन्न कांग्रेसले पार्टीको पालिका नेतृत्वलाई हरेक वडाका घरघर पुर्‍याउने रणनीति बनाएको उनले बताए।

‘सम्भव भए पालिकाको नेतृत्व वडा–वडा पुग्ने नभए कम्तिमा पनि वडा समितिको नेतृत्व वडाभित्र हरेक घरमा पुग्ने रणनीति हो। त्यसअनुसारको कार्यक्रम तय भइसकेको छ,’ डा।.महतले भने।

बढीभन्दा बढी सिट जित्ने लक्ष्य प्राप्तिका लागि स्थानीय तहका नेता–कार्यकर्ता स्वतस्फूर्त क्रियाशील भइसकेको पनि उनले बताए।

‘चुनावमा जाने भनेकै बढीभन्दा बढी सिट हासिल गर्ने उद्देश्यले हो,’ प्रवक्ता महतले भने, लक्ष्य प्राप्त गर्न स्थानीय तहका साथीहरु स्वतस्फूर्त क्रियाशील भइसक्नुभएको छ।’

अभियानअन्तर्गत हरेक घरमा स्थानीय नेतृत्व पठाएर कांग्रेसले पार्टीको धारणा राख्ने, विगतको निर्वाचनमा पार्टीलाई सहयोग नगरेका मतदाता फकाउने लक्ष्य राखेको छ। त्यसका लागि उसले कम्युनिस्ट पार्टीको भण्डाफोर गर्ने रणनीति तय गरेको छ।

‘कम्युनिस्टहरु कसरी सत्तामा पुगेर पनि फेल भएरु सत्ताको दुरुपयोग कसरी गरेरु भ्रमको खेती उनीहरुले नै गरिराखेका छन्, त्यसकै आधारमा उनीहरुको राजनीति चलेको छ,’ प्रवक्ता डा। महतले भने, ‘यी कुराहरु हामीले अभियानका क्रममा सम्प्रेषण गर्छौं।’

फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ ‘घर–घर जाऔँ, कांँग्रेस जिताऔँ’’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो।

बैठकले देशव्यापी सञ्चालन हुने उक्त अभियानको समयावधि फागुन २० देखि चैत २० सम्मका लागि निर्धारण गरेको थियो।

तर, एमसीसी अनुमोदनमा पार्टी केन्द्रित भएका कारण आवश्यक तयारी नपुगेको भन्दै अभियान पछि धकेलिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img