13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

चहलको ह्याट्रिक र बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जीत

spot_img

एजेन्सी, भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले चौथो जीत हात पारेको छ ।

गएराति सम्पन्न खेलमा गत उपविजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ रनले हराउँदै राजस्थानले चौथो जीत हात पारेको हो ।

यो जीतसँगै ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकाताले भने लिगमा चौथो हार बेहोर्‍यो । उसले सात म्याच खेल्दा तीनमा खेलमा भने जित निकालेको छ ।

आफ्नो सातौँ खेलमा राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा सबै विकेट गुमाएर २१० रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यरले उत्कृष्ट पारी खेले । उनले ५१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए । त्यस्तै, आरोन फिन्चले २८ बलमा नौ चौका र दुई छक्कासहित ५८ रनको आक्रामक पारी खेले ।

उमेश यादव २१ र नितिश राणा १८ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि स्पिनर युजवेन्द्र चहलले ह्याट्रिकसहित पाँच विकेट लिए ।

उनले १७ औं ओभरमा श्रेयस अय्यर, शिवम मावी र प्याट कमिन्सलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि चहलले यही ओभरको पहिलो बलमा वैंकटेश अय्यरलाई आउट गरेका थिए ।

उनले १२ औं ओभरको अन्तिम बलमा नितिश राणालाई आउट गर्दै आफ्नो खाता खोलेका थिए । चहलले ४ ओभरमा महत्वपूर्ण ५ विकेट लिएर ४० रन खर्चिए । राजस्थानको जीतमा महत्वपूर्ण योगदान दिएका उनी प्लेयर अफ द म्याच पनि घोषित भए ।

- Advertisement -

त्यस्तै, ओबेद म्याक्योले दुई, रवीचन्द्रन आश्विन र प्रसिद्ध कृष्णाले एकरएक विकेट लिए । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र ९ चौकासहित १०३ रन बनाए । जारी सिजनमा बटलरको यो दोस्रो शतक हो । कप्तान सञ्जु सामसनले ३८, शिमरोन हेटमायरले अविजित २६ ररनदेवदत्त पाडिक्कलले २४ रनको योगदान दिए ।

कोलकाताका सुनिल नारायणले दुई, शिवम मावी, प्याट कमिन्स र प्याट कमिन्सले एकरएक विकेट लिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img