
काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ । आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।
छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।