12.7 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

spot_img

काठमाडौं, तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन् । शुक्रबार साँझ पाँच बजे काठमाडौं आइ पुगेका वाङ आइतबार दिउँसो स्वादेश फर्किएका हुन् ।

नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो। शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट शुक्रबार नेपाल आएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर आइतबार परराष्ट्र सचिव भरतराज पौड्याल लगायतले बिदा गरेका थिए ।

शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेट गर्दै औपचारिक भेटवार्तालाई निरन्तरता दिएका वाङले आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै औपचारिक वार्ता सकेका थिए ।

नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । आइतबार बिहान शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका वाङले शनिबार साँझ प्रधानमन्त्री देउवासँग उनको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।

वाङले प्रमुख प्रतिपक्षी दल नेकपा  (एमाले) अध्यक्ष केपी ओलीसँग भने आइतबार बिहान भेटवार्ता गरेका थिए । चिनियाँ विदेशमन्त्रीको तीन दिने भ्रमणलाई नेपालमा महत्वका साथ हेरिएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचोसमेत परराष्ट्रमन्त्री मार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img