Sarokar News

Best News Forever

देश समाज राजनीति लुम्बिनी प्रदेश समाचार

चुनावका विषयमा चर्काचर्की परेपछि गहुँ काट्न निस्किए नेता नेत्रबिक्रम माओबादीका नेता

बुटवल,  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा चुनाव उपयोग गर्ने कि बहिष्कार गर्ने भन्ने विषयमा चर्को बहसपछि नेताहरु गहुँ काट्न खेतमा निस्किएका छन्।

चैत ५ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी बैठकमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को प्रस्तावमा केन्द्रीय नेताहरुले धारणा राखेपछि ‘जनकम्युन’मा नेताहरुले गहुँ काटेका हुन्।

बिहीबार महासचिव विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि नेकपा केन्द्रीय कार्यालयले सञ्चालन गरेको ‘जनकम्युन’ मा गहुँ काट्न निस्केका हुन्।

शुक्रबारसम्म केन्द्रीय सदस्यहरूले राखेको धारणा र महासचिवको प्रतिवेदनलाई निर्णायर्थ पेस गर्न सचिवालयको बैठक बसेको थियो ।

विप्लवले नेपाल सरकारले पारित गरेको एमसीसी परियोजना, पार्टी जीवनलाई कसरी अगाडि बढाउने र असन्न स्थानीय तहको निर्वाचनबारे बैठकमा प्रतिवेदन पेस गरेका छन्।

महासचिवको प्रस्तावमा घनिभूत छलफल भयो, त्यसपछि एकताको सन्देश र कम्युनिस्ट पार्टी उत्पादनमा लाग्नुपर्छ भन्ने सन्देश सहित केन्द्रीय कार्यालयले लगाएको गहुँ काट्न खेतमा निस्केको सचिवालय सदस्य खड्गबहादुर विश्वकर्माले बताए ।

नेकपा महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू विश्वमर्का , कञ्चन, सुदर्शन र विषमसहितका नेताहरूले गहुँ काटेका हुन्।

नेकपाले कपिलवस्तुको शिवगढीमा करिव ७ बिगाहा क्षेत्रफलमा खेती गर्दै आएको छ। केन्द्रीय कमिटि बैठकमा सहभागीहरुले त्यही जनकम्यूनमा उत्पादन भएको खाना खाएका छन्।

चुनाव उपयोग गर्ने निति पारित गर्ने सम्भावना

६ दिनदेखि शिवगढीमा जारी बैठक शनिबार सम्पन्न गर्ने तयारीमा रहेको केन्द्रीय कार्यालयले जनाएको छ। केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठकमा केन्द्रीय नेताहरुले धारणा राखेर विहीबार सम्पन्न भएकाले शनिबार महासचिवले सम्बोधन गर्नेछन्।

शुक्रबार दिनभर सचिवालय बैठक र महासचिव प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि नेताहरु छलफलमा व्यस्त छन्। उनका अनुसार बैठकमा ६५ केन्द्रीय सदस्य र ४ जना सल्लाहकार सहित ६९ जनाको सहभागिता छ।

बैठकमा महासचिवले स्थानीय तहको चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्र यस बिषयमा पक्ष र विपक्षमा नेताहरु विभाजित भएका छन्।

२०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनाव उपयोग गर्ने नीति पारित हुने बिप्लब पक्षको तयारी छ । चुनाव बहिष्कार गर्दा क्रान्तिकारी र उपयोग गर्दा सुधारबादी हुने भाष्यका कारण नेताहरुमा केही नेताहरुले विरोध गरेको बिप्लव पक्षको बुझाइ छ ।

संसदीय चुनाव बहिष्कार गरेपनि स्थानीय तहको चुनावलाई उपयोग गर्ने गरी हिजोबाट छलफल अगाडि बढेको छ।

स्थानीय तहलाई उपयोग गरेर आफू अनुकुलको नमूना गाउँपालिका बनाउन सक्ने भएकाले चुनावमा नेकपाले उपयोग गर्ने निर्णय लिने जनाइएको छ । रिपोर्टिङको सार र राजनीतिक प्रतिवदेनमाथि उठेका प्रश्नको शनिबार विप्लवले जवाफ दिएपछि बैठक आज सकिने छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *