18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

चुनावपछि बहुमतसहित एमालेले पाँँच वर्ष सरकार चलाउँछ : अध्यक्ष ओली

spot_img

लमजुङ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

लमजुङको घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरेका हुन् ।

जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्‍याए ।

जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्‍याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img