13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

चुनावी तालमेलबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दै

spot_img

काठमाडौं– चुनावी गठबन्धका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बस्नेगरी बिहीबार बिहान १० बजेका लागि सत्तागठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए।

सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

आगामी वैशाख ३० गतेका लागि ताय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img