काठमाडौ, नेकपा एमाले अध्यक्ष केपी ओली आज आमसभालाई सम्बोधन गर्न हुम्ला जाँदैछन् । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न उनी हुम्ला जान लागेका हुन् ।
जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रित दुईवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगेलगत्तै उनी पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्याली जाने छन् ।
लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाइ अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
उनले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।