13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

चेल्सीसँग हारका बाबजुद रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

spot_img

एजेन्सी, युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३–२ अन्तरले पराजित भएको छ । हारका बाबजुद मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा मड्रिडले समग्रमा ५–४ को जीत निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३–१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्‍यो ।

चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर, उसले त्यसलाई जोगाउन भने सकेन् । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे ।

१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१ औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २–० अन्तरले अग्रता बनायो । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए ।

अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरी खेलेसँगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img