Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार समाचार

चैत २९ चैतबाट आउने भयो मेलम्चीको पानी काठमाडौं

काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने भएका छन् ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए ।

उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएकोसमेत जानकारी दिए । मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउने परिकल्पना तथा घोषणा पूर्वप्रधानमन्त्री भट्टराईले गेरेका थिए ।

उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले २०५१ सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गरेका थिए ।

यसैको स्मरण गर्दै नेपाल सरकारले शुन्दरीजल स्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्ने भएको हो ।

सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पु(याएको थियो ।

लामो समयदेखि मेलम्चीको पानी आउने आशमा रहेका उपत्यकावासी बाढीका कारण आयोजना नै क्षतिग्रस्त बनेपछि निरास बनेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त आयोजना सफाइ तथा मर्मत चैत मसान्तभित्र मेलम्ची खानेपानी सञ्चालन गर्न खानेपानीमन्त्री चौधरीलाई निर्देशन दिएकबा थिए ।

मन्त्री चौधरीले समय सीमाभित्र नै काम सम्पन्न गर्न कार्ययोजना तथा नियमित निरीक्षण तथा निगरानीसहित काम अघि बढाएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *