14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

चौधरी फाउन्डेसनले गिरानचौरमा बनाएको एकीकृत बस्ती हस्तान्तरण

spot_img

मेलम्ची, नेपाली कांँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्ती उद्घाटन गरेका छन्।

गिरानचौरमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्यसमेत रहेका फाउण्डेसका अध्यक्ष चौधरीले उक्त एकीकृत बस्तीको उद्घाटन गरी निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्धभएका परिवारलाई हस्तान्तरण गरेका हुन्।

नमूना एकीकृत बस्ती निर्माणको योजना बनाएको चौधरी फाउण्डेसनसँग २०७२ सालको भूकम्पले घर भत्काएपछि कष्टकर जीवन बाचिरहेका गिरानचौरवासीले सहयोग मागेपछि चौधरी फाउण्डेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो।

नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहातका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्रीको संकलनमा सहयोग गरेका थिए।

नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन र स्थानीयलाई घर हस्तान्तरणपछि बोल्दै फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले चौधरी फाउण्डेसनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएकोमा खुसी व्यक्त गरे।

उनले भूकम्पपीडितलाई सुन्दर बस्ती उपहार दिन पाउँदा सन्तोष लागेको बताउँदै भविष्यमा पनि यस कार्यक्रमलाई सीमान्तकृत वर्गमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।

‘हामीले भवन हस्तान्तरण गर्दैमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौँ, यहाँका बासिन्दाहरुको जीवनयापनलाई सहज बनाउन पनि लागिपरेका छौँ’, फाउण्डेसनका अध्यक्ष चौधरीले भने, एकीकृत बस्तीका बासिन्दालाई आर्थिक रुपले सम्पन्न बनाउने योजना पनि बनाएका छौँ।’

उनका अनुसार चौधरी फाउण्डेसनले स्थानीयबासीलाई सीएसईबी प्रविधिअनुसारका इट्टा उत्पादन गर्ने सीप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक अन्य सीपहरु सिकाएर घर प्राप्तिपछि पनि आफ्नो जीविकोपार्जनका लागि रोजगार हुनसक्ने बनाएको छ।

- Advertisement -

फाउण्डेसनका अध्यक्ष चौधरीले इट्टा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेका छन्।

मेसिन र तालिममा सिकेको सीपको व्यावसायिक प्रयोग गरी बस्तीका बासिन्दाले आर्थिक आयआर्जन गर्न सक्ने फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले विश्वास व्यक्त गरे।

हस्तान्तरण गरिएको एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी रहेको छ। घर निर्माणमा प्रयोग भएका करीब २ लाख इट्टा गाउँमै तयार गरिएको हो।

यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउण्डेसनले प्रदान गरेको थियो । घरका जग पछि आवश्यकताअनुसार दुई तलासम्म थप्न मिल्ने गरि बलियो बनाइएको छ ।

यसको अलावा फाउण्डेसनले बस्ती नजिकको महाकाली माध्यामिक विद्यालयमा डिजिटल क्लासरुम स्थापना गरेको छ भने स्थानीय स्वास्थ्य चौकीमा उपचारकालागि आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाको रुपमा रहने बताउदै यसको निर्माण र स्थानीयवासीको जीवनस्तर उकास्न सहयोग गरेकोमा चौधरी फाउण्डेसन र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको पनि बताए।

नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कर्माश्री लामाले नयाँ प्रविधिमा बनेका चिटिक्कका घरमा बस्न पाउदा आफ्नो वर्षैको सपना पुरा भएको बताए । उनले बस्तीका चारसय जना निकै उत्साही भएको बताए ।

‘मैले आफ्नो जीवनकालमा यति राम्रो घरमा बस्न पाउला भन्ने सचेको पनि थिइन’, स्थानीय ७६ वर्षे सिन्गी लामाले भने, ‘चौधरी फाउण्डेसनले आफुलाई जीउदै स्वर्गको अनुभूति दिलाएको छ।’

रंगरोगनमा महिला

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीको पहलमा विश्वविख्यात ट्यूनेसियाका पेन्टर तथा मुर्तिकार एल सिडले गिरानचौर आएर स्थानीय महिलाहरुलाई रंगरोगन कला पनि सिकाएका थिए।

बस्तीमा निर्माण भएका घरहरुको रंगरोगन एलबाट प्रशिक्षित स्थानीय महिलाहरुले गरेका थिए।

उनी आफैले पनि योगमायाको कवितालाई अरबी भाषामा अनुवाद गरेर एकीकृत बस्तीमा ‘मिउरल आर्ट’ बनाएका थिए जसलाई पछि दुबई एक्पोमा प्रदर्शनीमा राखिएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img