14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

जडेजाले पाँच विकेट लिएपछि श्रीलंका ‘फलोअन’मा

spot_img

एजेन्सी, भारतका बलिङ अलराउन्डर रवीन्द्र जडेजाले पाँच विकेट लिएपछि मोहालीमा जारी पहिलो टेस्ट क्रिकेटमा श्रीलंका ‘फलोअन’मा परेको छ ।

श्रीलंकाले १०८र/४ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो । भ्रमणकारी टोलीका पाथुम निसान्का २६ र चरिथ असलंकका एक रन बनाएर क्रिजमा थिए । निसान्का ६१ रनमा अविजित रहे । असलंकाले २९ रन बनाए ।

श्रीलंकाले तेस्रो दिन थप ६६ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो । श्रीलंकाका चार खेलाडीले रनको खाता खोल्न सकेनन् ।

दोस्रो दिन श्रीलंकाका लहिरू थिरिमानेले १७, दिमुथ करुणारत्नेले २८, एन्जेलो म्याथ्युजले २२ र धनन्जय डी सिल्भाले एक रन बनाएर पवेलियन फर्किएका थिए ।

तेस्रो दिन निसान्काले अविजित ६१ र असलंकाले २९ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेपछि श्रीलंका फलोअनमा परेको हो ।
श्रीलंकाले पहिलो इनिङ्समा १७४ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

भारतका जडेजाले १३ ओभरमा चार मेडन राख्दै ४१ रन दिएर पाँच विकेट लिए । उनलाई जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान दुई विकेट लिएर साथ दिएका थिए । मोहम्मद शामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि, भारतले आठ विकेट गुमाएर ५७४ रन बनाउँदा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

भारतका लागि जडेजाले अविजित १७५ रन बनाएका थिए । जडेजाबाहेक रिशभ पन्तले ९६, आश्विनले ६१, हनुमा विहारीले ५८, मयांक अग्रवालले ३३, कप्तान रोहित शर्माले २९, श्रेयस ऐयरले २७ रन बनाउँदा शामी २० रनमा अविजित थिए । जयन्त यादवले एक रन बनाएका थिए

- Advertisement -

लन्चसम्ममा श्रीलंकाले एक विकेट गुमाएर १० रन बनाएको छ । श्रीलंकाका ओपनर थिरिमाने शून्यमा आउट भए । उनलाई आश्विनले रोहित शर्मामार्फत क्याच गरेका हुन् । करुणारत्ने आठ र निसान्का एक रन बनाएर क्रिजमा छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img