13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

जनगणनाको विस्तृत तथ्याङ्क असोजभित्र सार्वजनिक गरिने

spot_img

काठमाडौं, केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोजभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ ।

विभागले तथ्याङ्क प्रशोधनको काम द्रुतगतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने लक्ष्य राखेको विभागको तथ्याङ्क शाखा प्रमुख ढुण्डीराज लामिछानेले जानकारी दिए ।

विभिन्न क्षेत्रको डाटा प्रशोधनको काम चलिरहेकाले विस्तृत विवरण दिन नसक्ने जनाउँदै उहाँले असोज महिनासम्म पर्खनुपर्ने बताए ।

विभागले जनगणनाको संक्षिप्त तथ्याङ्क माघ १२ गते सार्वजनिक गरेको थियो । तथ्याङ्कमा जनसङ्ख्या वृद्धिको लक्ष्यभन्दा करिब १२ लाखभन्दा बढीले जनसङ्ख्यामा कमी आएको थियो ।

विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भई तीन करोड तीन लाख ७८ हजार ५५ जनसङ्ख्या पुग्ने अनुमान गरेको थियो ।

तर, सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसङ्ख्या वृद्धि भएर हाल नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

२० वर्षको अनुपात अर्थात् २०५८ सालदेखि हालसम्मको तथ्याङ्कलाई हेर्दा १.३२ प्रतिशतले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ ।

२०५८ सालमा २.२५ र २०६८ सालमा १.३५ प्रतिशत जनसङ्ख्या वृद्धिदर थियो । तर, २०७८ मा भने ०.९३ प्रतिशतमा सीमित भएको छ ।

- Advertisement -

२०५८ मा नेपालको जनसङ्ख्यादुई करोड ३१ लाख ५१ हजार ४२३ थियो भने २०६८ सालमा दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

संक्षिप्त तथ्याङ्कअनुसार अझै पनि पुरुषको भन्दा महिलाको जनसङ्ख्या छ लाख नौ हजार ८५८ ले बढी छ । तथ्याङ्कनुसार एक करोड ४९ लाख एक हजार १६९ महिला र एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष छ ।

त्यसैगरी, यस वर्ष विभागले विदेशमा रहेका नेपालीको तथ्याङ्कसमेत सार्वजनिक गरेको छ, जसमा २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा बसोबास गर्दै आएका छन् । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img