14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

जनमत दुईवटा गठबन्धनमा विभाजित हुने देखियो : सम्मानित नेता खनाल

spot_img

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने दाबी गरेका छन्।

बुधबार पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन्।

उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताएका हुन्।

नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उनले बताए। नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए।

यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ। हामी पाँच दलिय गठबन्धनमा छौँ। अब अर्कोपनि गठबन्धन चार दलिय गठबन्धन बन्छ कि।

त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ, उनले भने, हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ। यो खतराबाट रोकिएको छ। मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडी बढेको छ।

संविधान बचाउन नसके देशलाई स्थिर ढंगले अगाडि लान नसकिने उनको भनाइ छ। उनले गैर आवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताए।

आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए। आपसी सर–सहयोग बढाउनुपर्ने पर्नेमा उनले जोड दिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img