14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी र सचिव एमालेमा

spot_img

कैलाली, जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।​

आउजीलाई शनिबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्।

आउजी कैलालीको अत्तरियास्थित इन्चार्ज भट्टको निवास गएर पार्टीमा प्रवेश गरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नेत्रप्रकाश पन्तले जानकारी दिए।

उनले सुदूरपश्चिमका नौवटै जिल्लाबाट जसपाका अन्य नेता–कार्यकर्ता पनि एमाले प्रवेशको तयारीमा रहेको दाबी गरे। यसअघि जसपाकै सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

उनलाई पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img