14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

जसपाले गठन गर्यो भट्टराई, यादव र राई रहने गरी हेडक्वार्टर

spot_img

काठमाडौं, जनता समाजवादी पार्टीले हेडक्वार्टर गठन गरेको छ। जसमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी हेडक्वार्टर गठन गरिएको केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए।

आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत हेडक्वार्टर गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो। तीन शीर्ष नेता रहने गरी निश्चित संरचना गठन गर्ने अनौपचारिक सहमति यसअघि नै भइसकेको थियो।

अब पार्टीका निर्णयहरुमा तीनै जना नेताको हस्ताक्षर चल्नेछ। स्थानीय तह निर्वाचनका लागि भने वरिष्ठ नेता राईको हस्ताक्षर चलाउने निर्णय पनि भएको छ।

कार्यकारिणी समिति वा केन्द्रीय समिति बैठक बस्न नसकेको बेलामा पार्टीले तत्काल लिनुपर्ने आवश्यक निर्णय लिनको लागि हेडक्वार्टर गठन गरिएको हो।

पार्टीभित्र शक्ति विकेन्द्रित गरिनुपर्ने विषयमा शीर्ष नेताहरुबीच कुरा नमिलेका कारण जसपामा विवाद बढ्दै गएको थियो।

त्यो विवाद पार्टी विभाजनतर्फ उन्मुख भएपछि अध्यक्ष यादवले यस किसिमको संरचना बनाउन मौखिक सहमति गरेका थिए।

आगामी स्थानीय तहको निर्वाचनमा तालमेल सम्भव भए सोही अनुसार अघि बढ्ने र नभए आफ्नै शक्तिलाई थप बलियो बनाएर निर्वाचनको तयारीमा होमिने निर्णय पनि गरिएको पोखरेलले बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img