13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

जे गर्दा धेरै सिट जितिन्छ, त्यही निर्णय हुन्छ : काँग्रेस

spot_img

काठमाडौं- सत्तारुढ नेपाली कांँग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा जे गर्दा धेरै सिट जितिन्छ त्यही गर्ने बताएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अहिले नै गठबन्धनका बारेमा कुनै निर्णय गरेकाले जे गरेर पार्टीले धेरै भन्दा धेरै स्थानमा जीत हात पार्न सकिन्छ त्यही गर्ने बताएका हुन्।

उनले कार्यसम्पादन समितिको बैठकले पनि गठबन्धनका बारेमा एउटा धारणा बनाएकाले थप टिप्पणी अरु कसैलाई पनि नर्गन आग्रह गरे।

‘गठबन्धनका विषयमा धेरै चर्चा परिचर्चा हुन आवश्यक छैन। पार्टीका नेताहरुलाई पनि म यो आग्रह गर्छु’ उनले भने ‘यो विषयमा धेरै बोलिरहन आवश्यक छैन। पार्टी सभापतिले पनि यही निर्देशन दिनु भएको छ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समयमा निर्णय हुन्छ। जे गर्दा धेरै भन्दा धेरै सिट जितिन्छ त्यही गर्ने हो।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img