14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

झगडाको खेती फस्टाओस् भनेर पहिचानको राजनीति ल्याइयो : अध्यक्ष ओली

spot_img

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले झगडाको खेती फस्टाओस् भनेर तराईमा पहिचानको राजनीतिको विषय उठेको बताएका छन्।

संविधानसभाबाट संविधान जारी हुनुअघि चर्चामा रहेको पहिचानको राजनीतिप्रति पहिल्यैदेखि आक्रामक उनले मंगलबार पनि त्यसप्रति आफ्नो अनुदार धारणा दोहोर्यारएका हुन्।

तराईचाहिँ ठगी खाने भाँडो भयो मान्छेहरुको। तराईका मुद्दा भन्यो। तराईका मुद्दामाथि थप अर्को आयो, पहिचानको राजनीति भनेर एउटा हुन्डरी ल्याउने र जातीय, धार्मिक, भाषिक केके हुन्छ, साम्प्रदायिक ढंगले विद्वेष मच्चाउने, झगडाको खेती लगाउने, झगडाको खेती लगाउने बेस्सरी फस्टाओस् भनेर त्यसमा गोडमेल गर्ने काम भए। द्वन्द्व उद्यमहरुको स्थापना गरिए नेपालमा, उनको भनाइ छ।

त्यस किसिमका विषयलाई नेकपा एमालेले सख्त प्रतिवाद गरेको उनको भनाइ छ। सिंगै नेपाल हाम्रो हो, हामी नेपाली हौँ। हामीले हाम्रो देश सबैतिर विकास गर्नुपर्दछ।

सबै जनताको उन्नति हुनुपर्दछ। सबैले खान लाउन बस्न, छोराछोरी पढाउन, सीपको विकास गर्न पाउनुपर्दछ। यी कुराहरु हामीले गर्यौँ, उनले भने।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर लगायतलाई एमाले प्रवेश गराएपछि सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले तराईमा ठूलो परिवर्तन र ठूलो विकास ल्याएको दाबी गरे।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img