Sarokar News

Best News Forever

मुख्य समाचार राजनीति समाचार

झापाबाट स्वतन्त्र पार्टीले सिफारिस गर्यो उमेदवार, प्रारम्भीक निर्वाचनमा २४ जना सहभागी हुने

झापा।  राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । सो पार्टीले क्षेत्र नम्बर १ का लागि ओमनाथ भण्डारी, २ का लागि रुद्रप्रसाद गिरी, ३ का लागि प्रकाश पाठक र ४ का लागि शम्भुप्रसाद ढकालको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ५ को उमेदवार भने सिफारिस हुन बाँकी छ । जिल्ला समितिले सिफारिस गरेपनि सबै उमेदवार पार्टीको प्रारम्भीक निर्वाचन प्रक्रियामा सहभागी हुनेछन् । क्षेत्र नम्बर १ बाट सिफारिस भण्डारी धुलाबारीका युवा व्यवसायी हुन । भण्डारीले झापामा स्वतन्त्र अभियानको अगुवाई समेत गरेका थिए । निर्वाचन क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका गिरी कृर्षी तथा पर्यावरणविद हुन् ।
अर्जुनधारालाई कर्मक्षेत्र बनाएका गिरीले अमेरिकामा अध्ययन गरेर चितवन हुँदै गृह जिल्ला झापा आएका हुन् । झापा क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका पाठक पुर्वसञ्चारकर्मी हुन् । झापाको पाथिभरा एफएफबाट करियर सुरु गरेका पाठक लामो समय रेडियो कान्तिपुरमा कार्यरत थिए । राजनीतिमा आउनुअघि उनी रबि लामिछानेसंगै ग्यालेक्सी टेलिभिजनमा आबद्द थिए ।
सामाजिक अभियन्ताको रुपमा छबि बनाएका ढकाल सरकारी सेवाबाट अवकास पाएर सामाजिक अभियानमा लागेका व्यक्ति हुन् । उनी लेखकका रुपमा शम्भु सुस्केराको नामले परिचित छन् । रास्वपाको प्रारम्भीक निर्वाचनमा सहभागी हुन झापाबाट प्रत्यक्षमा २४ जनाले नाम दर्ता गराएका थिए । जिल्ला समितिले सिफारिस गरेपनि असोज १० देखि हुने छनोट प्रक्रियामा सबै जना सहभागी हुनुपर्नेछ ।
प्रारम्भीक निर्वाचनलगत्तै उमेदवारको अन्तिम टुंगो लाग्ने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको बन्द सुचीमा झापाबाट ४ जना परेका छन् । उनीहरु प्रारम्भीक निर्वाचनमा सहभागी भएर १ सय १० जनाको सुचीमा परेका हुन् । सुचीमा ईन्दिरा राना मगर, निशा डाँगी, रुपा लावती र मनोज राजवंशी परेका हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *