20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु

spot_img

काठमाडौं- सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ।

आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनछन्। १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ।

सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा संलग्न गराउने उद्देश्य लिएको छ। योसँगै नेपालमा १२ वटा खोप नियमित खोपका रूपमा रहनेछन्।

साथै कोभिड महामारीको समयमा नियमित खोप लगाउन छुटेका बालबालिकालाई यस खोपसँगै समेट्ने उद्देश्य लिएको छ।

यस अभियानमा ५६ हजार ४२९ खोप सेसन संख्या सञ्चालन हुने अनुमान गरिएको छ भने खोप दिने स्वास्थ्यकर्मीको संख्या १० हजार र स्वयंसेवकको संख्या १ लाख १२ हजार ५ हुने जनाइएको छ।

राष्ट्रिय खोप अभियानको शुभारम्भ बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले सुरु गरिसकेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img