काठमाडौ, त्रिदेशीय टी–२० श्रृङ्खलाविरुद्ध सोमबार नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध खेल्दै छ।
टीयू क्रिकेट मैदानमा हुने खेल साढे १२ बजे सुरु हुनेछ। नेपालले सन् २०१५ पछि पहिलोपटक टी–२० क्रिकेटमा पीएनजीको सामना गर्न लागेको हो।
सन् २०१५ मा भएको खेलमा पीएनजीले नेपालमाथि ८ विकेटको जीत हात पारेको थियो। नेपालले बुधबार मलेसियासँग खेल्नेछ।