12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

ट्युसन पढ्न हिँडेकी उदयपुरको बेलका नगरपालिका बुद्धचोककी १७ वर्षीया कविताको बाटोमै हत्या, साथीसहित दुइजना पक्राउ

spot_img

उदयपुर, उदयपुरको बेलका नगरपालिकास्थित बुद्धचोककी कविता सुनुवार एसईई परीक्षाको तयारीमा थिइन्। अतिरिक्त कक्षा ९ट्युसन० का लागि हरेक बिहान झिसमिसेमै स्कुल निस्किन्थिन्। अनि, एकैपटक साँझ घर फर्किन्थिन्।

तर, मंगलबारको ‘सेड्युल’ यस्तो हुन सकेन। १७ वर्षीया कविता सधैंझैं बिहान ४ बजे नै घरबाट ट्युसनका लागि निस्किएकी थिइन्। तर, स्कुल पुग्न सकिनन्। घर नजिकैको यशोदा खोलामा मृत फेला परिन्।

‘स्कुल हिँडेकी कविताको बीच बाटोमै क्रुर हत्या भएको छ,’ बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भने, ‘घरबाट १५ मिनेट पर पुगेपछि एउटा सानो खोल्सी आउँछ। घटनास्थल नियाल्दा खोल्सीदेखि पारीपट्टी गएपछि उनीमाथि आक्रमण भएको देखिन्छ।

बाटोमा भेटिएको लतपतिएको रगतले झन्डै २५ मिटरको दूरीसम्म उनलाई घसारेर लगेपछि एउटा ढुंगोमा पुर्याएर घोप्टो पारेर माथिबाट ढुंगाले टाउकोमा हानेको देखिन्छ।’

उदयपुरस्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रमुख इन्सपेक्टर तेजबहादुर दाहालले भने घटनाबारे अनुसन्धान भइरहेकाले अहिले नै थप केही भन्न नसक्ने बताए।

कविताको शव पहिलोपल्ट दुईजना स्थानीयले देखेका थिए। ‘अन्दाजी ७ बजेको समय हुनुपर्छ। म बिहान भैंसी दुहेर खेतमा बाँध्न गएका बेलामा बाँसको फेदमा पुगेपछि भैंसीले रगत सुँघेको देखेँ।

स्यालले गहुँ खाएछ भन्ने ठानेर धेरै सोचिनँ। पछि फेरि फर्किदा वरिपरि हेर्दा जताततै रगत, स्कुलको झोला अनि अल पर खोला नजिक लास देखेपछि तर्सिएँ र प्रहरीलाई खबर गर्यौं,’ ती स्थानीयले घटनास्थलमा पुगेको नेपाल टुडे युट्युब च्यानलसँग भनेका छन्।

हत्यामा साथीकै संलग्नताको आशंका

- Advertisement -

प्रहरीले अहिलेसम्म कविताको हत्याबारे आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन। किशोरीको शव पनि घटनास्थलबाट उठाइएको छैन। वरपर दोषीलाई तत्काल कारवाही गर्नुपर्ने दबाबसहित स्थानीयहरुको भीड छ। तर, प्रहरीले कसैलाई पनि शव छेउछाउ पुग्न दिएको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानले कविताको हत्यामा साथीकै संलग्नता देखिरहेको छ। यतिखेर प्रहरीले कविताकै दुईजना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका दुईजना दाजुबहिनी रहेको खुलेको छ। उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गाईघाट पुर्याइएको बुझिएको छ। ‘नियन्त्रणमा रहेका एक जना २२–२३ वर्षका छन्।

कविताकै साथी हुन्। सधैं ट्युसन जाने रहेछन्, तर आज नगएपछि खोजी गर्दा उनको पनि शरीरमा चोटपटक देखिएको छ। घटना कसले र किन घटायो अनुसन्धान भइरहेको छ,’ उदयपुर प्रहरी स्रोतले भन्यो।

दोषीलाई कारवाही गर्न विद्यालयको माग

घटनास्थलबाट करिब ७ मिटर पर छ, कविता पढ्ने कोशी जनता माध्यमिक विद्यालय। कविताको क्रुर हत्या भएको भन्दै विद्यालय प्रशासनले मंगलबार नै विज्ञप्ति जारी गरेर जतिसक्दो चाँडो दोषीलाई पहिचान गरी कारवाही गर्न माग गरेको छ।

‘विद्यालयमा नियमित रुपमा अध्ययनरत छात्राको विद्यालय आउने क्रममा बाटोमा भएको यो क्रुर र हिंस्रक घटनाको विद्यालय परिवार घोर भर्त्सना र निन्दा गर्दछ,’ विद्यालयका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिक र विशेषगरी बालिकाहरुको जिउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरुसँग माग गर्दछौं।

आज एक अनुशासित र मिहिनेती विद्यार्थी गुमाउनुपर्दा विद्यालय परिवार अत्यन्त दुःखी छ।’ त्यस्तै मेयर थापाले पनि फेसबुकमै स्टाटस लेखेर दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन्।

‘बेलका नगर वडा नम्बर ३ की कविता सुनुवारको आज बिहान भएको पासविक क्रुर हत्याको घोर निन्दा गर्दछु। आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।

छिटो हत्यारा पत्ता लगाई हत्यारालाई कडा भन्दा कडा सजाय होस्,’ उनले फेसबुकमा लेखेका छन्।

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img