14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

डेमोक्रेट युनियनले तिब्बती मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै बुझायो संयुक्त राष्ट्र संघलाई स्मरण पत्र

spot_img

काठमाडौ, नेपाल डेमोक्रेट युनियनले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेख्दै तिब्बति आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै यूनियनले ‘६३औं टिबेटन अपराइजिङ डे’ को अवसर पारेर बिहीवार पत्र बुझाएको हो ।

युनियनका अध्यक्ष सिद्धार्थ गौतमले लेखेको पत्रमा तिब्बतमाथिको अतिक्रमण तत्काल फिर्ता लिई तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको सम्मान गर्न कम्युनिष्ट चीनलाई अपिल गरिएको छ।

‘कम्युनिष्ट चीनको तिब्बतमाथिको अतिक्रमण विरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६३ वर्षदेखि गरिरहेको संघर्षलाई अभिवादन गर्दैै युनियन ६३ औं टिबेटन अपराइजिङ डे का अवसरमा समस्त तिब्बती जनताप्रति शुभकामना व्यक्त गरिएको छ ।

यूनियनले लेखेको पत्रमा भनिएको छ –‘तिब्बत मुक्ति आन्दोलन चीनको पञ्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलन मात्र नभएर न्याय, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रप्रेमी विश्व समुदायको आन्दोलनकै एक अङ्ग हो।

नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्रप्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दछ।’

युनियनले विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण सम्बर्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको प्रत्याभूमिको निम्ति आवश्यक कदम चालोस् भन्ने चाहाना पनि ब्यक्त गरेको छ।

यसका साथै तिब्बतलाई कम्युनिष्ट चीनको विस्तारवादी सर्वसत्तावादी कब्जाबाट मुक्ति दिलाउने वातावरण तयार गरोस् भन्ने विशेष आग्रह समेत गरिएको छ। युनियनको यो स्मरण पत्र नेपालले स्विकार गर्दै आएको एक चीन नीतिको विरुद्धमा छ।

- Advertisement -

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img