13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

ढाका टोपीमा सजिए अमिताभ बच्चन

spot_img

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो आगामी फिल्मको छायांकनमा नेपाली ढाका टोपी लगाएको तस्बिर अहिले चर्चामा आएको छ।

बच्चनले नेपालमासमेत छायांकन भएको मित्रताको कथा बोक्ने फिल्म उचाईंको छायांकनको क्रममा नेपाली ढाका टोपी लगाएका थिए। अहिले उक्त तस्बिर निकै चर्चामा छ।

अभिनेता बच्चनले आफ्नो सामाजिक सञ्जालमार्फत आइतबार राती उक्त तस्बिर सेयर गरेका थिए। उनले तस्बिरमा केटीको केटीको क्याप्सन राख्दै तस्बिर सार्वजनिक गरेका थिए।

उक्त तस्बिर हाल भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को छायांकनको क्रममा लिइएको हो। बच्चनको उक्त तस्बिरलाई नेपाली दर्शक तथा उनका प्रशंसकहरुले निकै रुचाएका छन्।

‘उचाइ’ सुरज बर्जात्यको निर्देशनमा बनेको फिल्म हो। केही महिनाअघि उक्त फिल्मको छायांकनका लागि फिल्मको निर्माण पक्षसँगै अभिनेता अनुपम खेर, बोमन इरानी , अभिनेत्री परिणीति चोपडालगायतका कलाकार नेपाल आएका थिए।

बच्चन भने स्वास्थ्यको समस्याका कारण नेपाल आउन सकेका थिएनन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img