20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

तीनै तहको निर्वाचन गर्न छलफल भइरहेको छ : अध्यक्ष नेपाल

spot_img

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा भंग गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन्।

गठबन्धनमा आबद्ध दलहरुबीच त्यस किसिमको छलफल भइरहेको उनको भनाइ छ। आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर उनले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै एमालेका कारण त्यस्तो निष्कर्षमा पुगिएको बताए।

एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ। यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम हुन्छ, अध्यक्ष नेपालको भनाइ थियो।

उनले त्यसपछि न संसद् रहने, न ‌ओलीको वितण्डा रहने बताए। नेकपा एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img