Sarokar News

Best News Forever

१ नम्बर प्रदेश गण्डकी प्रदेश देश समाज बागमती प्रदेश मुख्य समाचार मौसम समाचार

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल भारतको बिहार देखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज (आइतबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका केही पहाडी भू–भाग केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै तराई भू–भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *