12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

तेल निर्यातमा प्रतिबन्ध लागे युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी

spot_img

एजेन्सी, पश्चिमा देशहरूले थप प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी रुसले दिएको छ। आफूहरुलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले जनाएको छ।

रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट विश्वभरिको आपूर्तिमा विनाशकारी परिणाम आउने र तेलको मूल्य दोबर भएर प्रतिब्यारल ३०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकाले साझेदार राष्ट्रहरूसँग मिलेर रुसी तेललाई प्रतिबन्ध लगाउँदै युक्रेनमाथि आक्रमण गरेकोमा रुसलाई दण्ड दिने विषयमा विचार गरिरहेको छ। तर जर्मनी र द नेदरल्यान्ड्सले उक्त योजना सोमवार अस्वीकार गरेका छन्।

ईयूका देशहरूले ४० प्रतिसत ग्यास र ३० प्रतिशत तेल रुसबाट प्राप्त गर्छन्। यदि रुसबाट तेल र ग्यासको आपूर्ति रोकियो भने उनीहरूसँग माग पूरा गर्न अरू विकल्प छैन।

प्रतिकार गर्ने रुसको अधिकार भएको तर्क गर्दै नोभाकले रुस र जर्मनीबीच स्थापित दोस्रो नोर्ड स्ट्रीम पाइपलाइन प्रमाणीकरण रोकिदिने जर्मनीको गत महिनाको निर्णयतिर औँला ठड्याएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img