18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

spot_img

काठमाडौं- नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसियाबीचको त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। सिरिजको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई हराउँदै नेपालले उपाधि जितेको हो।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले ५० रनले पपुवा न्यु गिनीलाई हराएको हो।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलमा अविजित ५ चौका प्रहार गरेका थिए। टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक हजार रन पूरा गरेका छन्।

करण केसीले अविजित रहँदै ३३ रन बनाए। दीपेन्द्र र करणले ५४ रन जोडेका थिए। ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो। तर, १२औं ओभरमा नेपालले रन नजोडी ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो।

सन्दीप लामिछानेले नेपाली टिमको कप्तानी सम्हालेपछि नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालले अपराजित रहँदै सिरिजको उपाधि जितेको हो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img