20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

दशककै उत्कृष्ट पुरुष खेलाडी बने पारस

spot_img

काठमाडौ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड(२०७७’ अन्तर्गत दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको भव्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।

अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २५० रन बनाउन सफल भएका थिए ।

२०११ मा नेपाललाई पहिलो पटक एसिसी टी-२० कपको सेमिफाइनलमा पुर्याउनु साथै विश्वकप छनोटमा पुर्याउन पारसले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले १०१ रन बनाउनु साथै ७ विकेट लिएका थिए ।

२०१२ मा नेपालले पहिलो पटक टी-२० विश्वकप छनोटमा सातौं स्थान हात पार्दा नेपालबाट सर्वाधिक २५४ रन बनाएका पारसले ७ विकेटसमेत लिएका थिए ।

२०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ को नेपाल विजेता बन्दा पारसले ९ विकेट लिएका थिए । २०१३ मा नेपाल पहिलो पटक एसिसी टी(२० को फाइनलमा प्रवेश गर्दा नेपालबाट उनले सर्वाधिक २०७ रन बनाएका थिए ।

२०१३ मा विश्व क्रिकेट लिग डिभिजन ३ विजेता बन्दै नेपाल पहिलो पटक एकदिवसीय विश्वकप छनोटका लागि छनोट हुदा पारसले नेपालबाट सर्वाधिक १७६ रन बनाउनुका साथै ६ विकेट हात पारे ।

२०१३ मा विश्व टी-२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाललाई टी-२० विश्वकपमा पुर्याएका पारस नेपालका लागि दोस्रो सर्वाधिक २३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

- Advertisement -

२०१४ मा नेपालले पहिलो पटक एकदिवसीय विश्वकप छनोट खेलेको थियो । २०१४ को टी-२० विश्वकपमा ३ खेलमा ८३ रन बनाएका पारसले नेपाललाई हङकङ र अफगानिस्तानमाथि ऐतिहासिक जीत दिलाएका थिए ।

२०१५ मा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थान दिलाउँदै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुर्याएका पारस नेपालबाट दोस्रो सर्वाधिक १८५ रन बनाउँदै प्लेयर अफ द सिरिज घोषित भए ।

२०१५-१७ विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाललाई सातौं स्थानमा उभ्याउँदा पारसले नेपालबाट दोस्रो सर्वाधिक रन बनाउने क्रममा ४०८ रन बनाएका थिए ।

२०१८ मा नेपाललाई डिभिजन २ को फाइनलमा पुर्याउदै विश्वकप छनोट गराएका पारसले फाइनलमा अविजित ११२ रन बनाउँदै प्रतियोगितामा सर्वाधिक २४१ रन जोडेका थिए ।

पारस २०१८ मा विश्वकप छनोटमा नेपाललाई आठौं स्थान दिलाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए ।

पारस नेपालबाट एकदिवसीय तथा टी-२० अन्तर्राष्‍ट्रियमा पहिलो शतक बनाउने खेलाडी हुन ।

फुटबलकी सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी चुनिँदा टेबल टेनिसकी एलिना महर्जनले पिपुल्स च्वाइस अवार्ड जितिन्।

त्यस्तै डा। अजय राणा स्पेसल अवार्ड, शरद चन्द्र शाह लाइफ टाइम एचिभमेन्ट अवार्ड, दशककै उत्कृष्ट प्रशिक्षक क्रिकेटका जगत टमाटा, कुवेतका खेल पत्रकार सद्दाम एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड, पुरूष फुटबल टोली बर्षको उत्कृष्ट टोली, सरिता थुलुङ पारा एथलिट सम्मान र एथलेटिक्सकी पुष्पा भण्डारी पर्फमर अफ द इयरबाट सम्मानित भए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img