काठमाडौ, नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड -२०७७’ अन्तर्गत दशक महिला खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठामा आयोजना गरेको एक कार्यक्रमबीच सावित्रालाई महिलातर्फ यो अवार्ड प्रदान गरेको हो ।
सावित्राले नेपाललाई साफमा दुईवटा रजत पदक दिलाएका छन् । उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन् ।
नेपालका लागि ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान समेत उनकै नाममा छ । भारतको महिला आई लिगमा सेतु एफसीलाई दुई पटक च्याम्पियन बनाउन सफल भएकी छन् ।
हिरो कपको फाइनलमा भारतलाई पराजित गर्दा दुई गोल गरेकी थिइन् । सावित्रा सन् २०१९ साफको सबै खेलमा सर्वाधिक गोलकर्ता समेत बनिन् । सावित्राले नावेज्दा कप कीर्गिस्तानमा उपविजेता हुदा सात गोल गरेकी थिईन् । अवार्डसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् ।
टेबलल टेनिकी एलिना महर्जनले पिपल्स च्वाइस अवार्ड जित्दा डा. अजय राणा स्पेसल अवार्ड, शरद चन्द्र शाह लाइफ टाइम एचिभमेन्ट अवार्ड, दशककै उत्कृष्ट प्रशिक्षक क्रिकेटका जगत टमाटा, कुवेतका खेल पत्रकार सद्दाम एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड, पुरूष फुटबल टोली बर्षको उत्कृष्ट टोली, सरिता थुलुङ पारा एथलिट सम्मान र एथलेटिक्सकी पुष्पा भण्डारी पर्फमर अफ द इयरबाट सम्मानित भए ।