13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

दुई जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

spot_img

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) दुईवटा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। विन्ध्यावासिनीले गत चैत २५ गते र दोर्दी खोलाले आज चैत २८ गते आईपीओ निष्कासनको अनुमति पाएको हो।

सेबोनको अनुमतिसँगै अब विन्ध्यावासिनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल २५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

यो आईपीओ कम्पनीको चुक्तापुँजीको २५ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी दोर्दी खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल २९ लाख ५१ हजार १९२ कित्ता आईपीओ निष्कासन गर्नेछ।

यो आईपीओ कम्पनीको चुक्तापुँजीको २८ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img