काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा व्यापक छलफल गरेर जानुपर्ने बताएका छन्।
माओवादीको शुक्रबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई सम्बोधनका क्रममा दाहालले सबै पार्टीबीच व्यापक छलफल गरेर जानुपर्ने पनि बताएका छन्।
गठबन्धनमा व्यापक रुपमा छलफल गरेर जानुपर्छ। गठबन्धनको बैठकमा हामीले हाम्रो आधार टेकेर यथार्थ खोज्ने ढंगले प्रस्तुत हुनुपर्छु, उनले भने, सिट बाँडफाँटले गठबन्धनमा समस्या आयो भनेर भन्नु हुँदैन। हामीले पार्टीभित्र त मिलाउन नसक्दा समस्या आउँछ भने यो त गठबन्धनको कुरा भयो।
दाहालले देशका कयौँ ठाउँमा समस्या आए पनि कांँग्रेस सभापति शेरबहादुर देउवा मुख्य गठबन्धनकै पक्षमा रहेको ब्रिफिङ गरेका छन्।
अहिले पनि मुख्य गठबन्धनको पक्षमा देउवाजी हुनुहन्छ। उहाँ लचक हुनुहुन्छ। गठबन्धन रहन्छ र टिक्छ पनिु, उनले भने, कतिपय ठाउँमा दोहोरो उम्मेदवारी परे पनि त्यसलाई हामीले यता उता गर्न सकिन्छ।
अध्यक्ष दाहालले देशभरका सबै गाउँपालिकाबाट माओवादीको पनि रिपोर्ट आइनसकेकाले उम्मेदवारी छनौट अझै केही समय लाग्ने पनि उनले बताएका छन्।
सबै ठाउँबाट माओावदीको रिपोर्ट पनि आइसकेको छैनु, उनले भने, त्यसैले हामीबीच पनि अझै घनिभूत छलफल हुन जरुरी छ।