13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

देउवालाई भीम रावलको जवाफ– तपाईंकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ

spot_img

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झुट बोलेको बताएका छन्।

आज नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले बोलेको विषयमा ट्विटरमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘म केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ, प्रम ओलीले एमसीसीसँगको सम्झौता संसद्मा ल्याएको बेला होइन।

अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटो बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देश हितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’ एससीसी पास गर्दा आफ्नो टाउको किन दुखेको भनेर पनि रावलले जवाफ दिएका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका थिए। एमसीसी पास गर्दा रावललाई किन टाउको दुखेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

उनले भने, ‘एमालेले क्याबिनेटबाट पास गरेर संसद्मा ल्याउने, संसद्मा पास गर्नुपर्छ भनेर निर्णय गरेर ल्याउने अनि मैले ओलीले ल्याएको प्रस्ताव पास गर्दा किन टाउको दुख्नेरु भीमबहादुर रावललाई टाउको दुखेको छ।

स्वयं उहाँ आफैं क्याबिनेटको मन्त्री हुनुहुन्थ्यो। त्यो बेला उहाँको दिमाग खुस्किएको थियो ? त्यो बेला किन विरोध गर्नुभएन ? किन राजीनामा गर्नुभएन ? ’

रावलले दुई जिभ्रे कुरा गरेको प्रधानमन्त्री देउवाले बताए। ओली सरकारले संसद्मा पेश गरेको एमसीसी प्रस्ताव नै आफूहरूले पारित गरेको भन्दै उनले एमालेका नेताले नै त्यसको विरोध गरेको आश्चर्य व्यक्त गरे।

ओली सरकारमा भीम रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषद्ले एमसीसी पात गरी संसद्मा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो। ‘त्यसबेला किन विरोध गर्नुभएन ? राजीनामा किन दिनु भएन ? अहिले आएर बोल्न लाज छैन ? भीम रावल के हेरेर बसे त्यसबेला र अहिले विरोध गर्दैछ .

Dr. Bhim Rawal
@BhimRawal179
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं :
- Advertisement -

Image

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img