11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने

spot_img

लमजुङ, जिल्लाको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

चालू आर्थिक वर्षभित्रै यी आयोजना सम्पन्न भएर ११८ दशमलव १ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ ।

ती आयोजनाबाट व्यावसायिकरुपमा बिजुली उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीका साथ निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ ।

जिल्लामा निर्माणाधीन रहेको जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो दोर्दी खोलामा पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, हिमालयन पावर पार्टनरद्वारा निर्माणाधीन २७ मेगावाटका दोर्दी जलविद्युत् आयोजना, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटका माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेका १२.१ मेगावाटका दोर्दी–१ जलविद्युत् आयोजना छन् ।

त्यस्तै, सुपर दोर्दीको प्रवद्र्धक पिपुल्स हाइड्रोपावर कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको सम्भाव्यता अध्ययन थालेको छ । यो आयोजना निर्माणको तयारी थालिएको बताइएको छ ।

सो करिडोरमा निर्माणाधीन अवस्थामा रहेको आयोजना सुपरदोर्दी ख हो । सुपरदोर्दी ‘ख’ को हालसम्म ३५ प्रतिशत निर्माण सकिएको छ ।

पिपुल्स हाइड्रोपावरको प्रवद्र्धन रहेको आयोजनामा ५० प्रतिशत सुरुङ निर्माण काम सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए । बैङ्कको अगुवाइमा नौ वटा बैङ्कको वित्तीय सहयोगमा अघि बढेको आयोजनामा रु। आठ अर्ब ८० करोड खर्च हुने अनुमान गरिएको छ ।

ती चारवटै आयोजनाको निर्माण सम्पन्न भएसँगै एउटै खोलाबाट उक्त मेगावाट बिजुली उत्पादन हुनेछ । यस आयोजनाको ८५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।

- Advertisement -

उक्त निर्माणाधीन आयोजना निजीक्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्दै आएको छ ।

यी आयोजनामध्ये यस आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनीमा निर्माणाधीन सुपर दोर्दी ख आयोजनाको निर्माणकार्य ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । यस आयोजनाले ५ दशमलव १ किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरिसकेको छ ।

यस आर्थिक वर्षकै अन्तिम अर्थात् असार महिनाभित्रमा निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्यका साथ अघि बढिरहेको आयोजना कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए ।

यतिबेला आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण कार्य भई उपकरण जडान कार्य भइरहेको आयोजनाले जनाएको छ ।

त्यस्तै, गत असार महिनामा दोर्दी खोलामा आएको बाढी पहिराले क्षति पु¥याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माणको कार्य भइरहेको छ ।

एक हजार १०० मिटर पेनस्टक पाइप जडान कार्य भइरहेको छ । आयोजनाका प्रबन्धक निर्देशक रायमाझीले भने, हामीले सबै निर्माण कार्य सम्पन्न गर्दै गत पुस महिनाभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ ।

आयोजनाको २२७ मिटर ठाडो पाइप ९भर्टिकल साफ्ट० खन्ने काम सकिएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ ।

आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो ।

विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो ।

सो समयमा पनि निर्माणकार्य नसकिएपछि गत पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो ।

तर, नाकाबन्धी, दोर्दी खोलामा आएको बाढी पहिरा, कोरोना सङ्क्रमण, लकडाउनलगायतका कारणले निर्माण अवधि लम्बिँदै गएको आयोजना साइड इञ्चार्ज रमेश सिग्देलले बताए ।

उन अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्धन लगानीमा निर्माण हुँदै आएको छ ।

आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपियाँ ४० पैसा र वर्खायाममा चार रुपियाँ ८० पैसामा विद्युत् खरिद गर्ने ९पिपिए० सम्झौता भएको छ ।

पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

त्यस्तै, हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ ।

२७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र यही चैत महिनाभित्र परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले बताए ।

उनले भने, “हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ । यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थललगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत कार्य भइरहेको छ ।”

चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने भनाइ थियो ।

आयोजनाको शतप्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ ।

इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ । उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ ।

त्यस्तै, पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

पनस्टेकको ७ सय मिटर, तीन हजार २ सय मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २ सय ७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाको बाँधस्थल २ सय १२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस छ । विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत्गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो ।

सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो । सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन् ।

यही चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि अगामी वैशाखमा मात्र उत्पादन हुने भएको छ ।

सुरुमा रु। चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले रु. चार अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।

यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए० को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुरुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो ।

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य अन्तिममा पुगेको छ ।

यस आयोजनाबाट आगामी वैशाख अन्तिमबाट विद्युत् उत्पादन गर्ने तयारीका साथ अघि बढेको आयोजनाका प्रवर्धक राजेन्द्र वस्तीले बताए ।

उनले भने, “दुई वर्षअघि नै आयोजनाको निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको थियो । तर, नाकाबन्दी, दोर्दीखोलामा आएको बाढीले आयोजनामा पु¥याएको क्षति लगायतका कारणले बल्ल आगामी वैशाखमा बिजुली उत्पादन थाल्ने भएका छौँ ।

हाल बाढीले क्षति बनाएको ठाउँमा मर्मतकार्य भइरहेको छ । त्यस्तै टनेल, पाइप, पावरको परीक्षणका लागि तयारी भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवर्द्धक वस्तीले भन्नुभयो, “आयोजनाको यही चैत अन्तिमबाट परीक्षण थाल्नेछौँ ।

यस आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौताका साथ अघि बढे पनि हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

आयोजना निर्माणका क्रममा रु। तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर निर्माण अवधि लम्बिँदै जाँदा रु। चार अर्ब ६४ करोड खर्च हुने अनुमान रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ८०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युतगृहमा झारिने आयोजना प्रवर्द्धक वस्तीले बताए ।

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले आगामी नयाँ वर्षको दिनदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थाल्ने भएको छ ।

आयोजना प्रमुख उज्जवल सिलवालले भने, आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । यतिबेला टनेलको परीक्षण भइरहेको अन्य सबै काम सम्पन्न भइसकेको उनले बताए ।

रु दुई अर्ब २९ करोडको लगानीमा निर्माणकार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो ।

तर, कोभिड बाढी पहिरा लगायत विविध कारणले गर्दा निर्माण लम्बिन पुग्दा लागत बढ्ने आयोजनाले जनाएको छ । आयोजनाको अनुसार उक्त रकमभन्दा करिब ३० करोड रुपैयाँ बढी लाग्ने भएको छ । आ

योजनामा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक ३ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरेको छ ।

यस दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा प्रवर्धक छयाङ्दीखोला हाइड्रोपावर कम्पनीले २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

त्यस्तै सोही कम्पनीले यस करिडोरमै गत कात्तिक महिनाबाट व्यावसायिक रुपमा ४ मेगावाटको जलविद्युत् आयोजना ८० करोडभन्दा बढी लगानीमा निर्माण सम्पन्न गर्दै राष्ट्रिय प्रसरण लाइनमा जोडिसकेको छ ।

यस करिडोर बाहेक जिल्लामा एक दर्जन आयोजना निर्माणाधीन छन् भने, केही आयोजनाहरु निर्माण हुने तयारीमा छन् ।

जिल्लामा यस अघि बेँसीशहर नगरपालिका १ दलालमा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र, मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ५ मेगावाटको सिउरी, ४ दशमलव ४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापुलगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img