14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

धादिङमा काांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

spot_img

धादिङ- धादिङमा स्थानीय तहको निर्वाचनको टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ। नेताहरूबीच भएको विवादले हात हालाहालको स्थिति सिर्जना गरेको हो।

हात हालाहाल हुँदा नेपाली काांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्। घाइते तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको बताएका छन्। पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन।

आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img