11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

धितोपत्र कारोबार हुने साताको तेस्रो दिन पनि बजारको गिरावट कायमै

spot_img

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज ४६.४६ अंकले घटेर २४५२.०६ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३४ अंकले घटेर ४५८.२२ को विन्दूमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार लगातार घट्नुको मुख्य कारण चैतको प्रभाव नै रहेको बताउँछन्। ‘यो बेला बैंकको ब्याज र कर तिर्नका लागि लगानीकर्ताहरुले पैसा जोहो गर्नुपर्छ’, उनले भने, ‘त्यही कारण बजारमा बिक्रीचाप परेको छ। यही बिक्रीचाप पर्दा आज कारोबार बढेको छ।’

ढकालले श्रीलंकाको जस्तो अवस्था आउला भनेर हतोत्साहित भएर घाटामै सेयर बेच्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘प्रायः यो बेला बजारमा पैसाको अभाव हुन्छ, जसका कारण ऋण सहजै उपलब्ध हुँदैन’, उनले भने, ‘त्यसैले आत्तिनुपर्ने अवस्था छैन। यो बेला संयमता अपनाउनुपर्ने देखिन्छ।’

वैशाखबाट ऋण सहज हुने ढकालको भनाइ छ। ‘बजार चलेको हल्लाजस्तै अर्थतन्त्रमा खासै संकट आइसकेको छैन’, उनले भने।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बजार लगातार घट्नुमा चैतको प्रभाव र तरलता अभाव नै रहेको बताउँछिन्। ‘अहिले सेयर धितो राखेर बैंकहरुबाट ऋण पाउने अवस्था छैन’, उनले भने, ‘तरलता अभाव छ।’

राष्ट्र बैंकका पछिल्लो निर्देशनहरुले पनि लगानीकर्ताहरुको मनोविज्ञानमा असर परेको पोखरेल बताउँछिन्। ‘तर विगतको अवस्था हेर्दा पनि चैतमा पैसा अभाव नै हुने गरेको देखिन्छ’, उनले भने, ‘वैशाखबाट तरलता सहज हुने भएकोले धैर्यताका साथ कारोबार गर्न आग्रह गर्छु।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ।

- Advertisement -

यो दिन अन्य समूह सर्वाधिक ३.६६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ३.१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.१५ प्रतिशत, व्यापार समूहमा १.८६ प्रतिशत, विकास बैंक समूहमा १.८९ प्रतिशत, जलविद्युत समूहमा २.१ प्रतिशत, वित्त समूहमा २.७२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा १.३९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.८ प्रतिशत र लगानी समूहमा १.९ प्रतिशतको गिरावट आएको छ।

आज होटेल तथा पर्यटन समूह मात्रै ०.५ प्रतिशतले उकालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीका सर्वाधिक ९ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ८ करोड ५९ लाख रुपैयाँबराबरको करोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १३ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५ करोड ३६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड २२ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड १० लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ८१ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।

यो दिन इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img