13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

नवौँ दमक फुड फेस्टिवलमा भोली गायिका अस्मिता अधिकारीको प्रस्तुति हुने

spot_img

दमक, १३ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल २०७९ को चौथो दिन भोली आइतबार चर्चित गायिका अस्मिता अधिकारी प्रस्तुत हुने भएको छ ।

बेलुका ८ बजेदेखि प्रस्तुत हुने अधिकारीले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । अधिकारीसँग स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।

अधिकारीका टाढा भए पनि, मायाले जीवन सजाउ, तिम्रो मायाले बाधेर राख, को होला त्यो जस्ता सयौं गीत चर्चित छन् ।

फुड फेस्टिवलको पहिलो दिन राम लिम्बु, दोस्रो दिन महेश काफ्ले र तेस्रो त्रिसना गुरुङले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img